महालक्ष्मी लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा रकम भुक्तानी

२४ माघ २०७८, सोमबार १२:२०

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको विर्तामोड शाखाले मृतक बीमितको परिवारलाई बीमा दाबी वापतको रकम भुक्तानी गरेको हो ।

कम्पनीले झापा गोलधापका गोविन्द योङहाङ्गको मृत्युपछि उनका परिवारलाई मृत्यु दावी रकम भुक्तानी हस्तान्तरण गरेको हो । कम्पनीका उप क्षेत्रिय प्रवन्धक गुन्जन थापाले मृतक बीमितकी श्रीमती अमृता योङहाङ्गलाई मृत्यु बीमा दाबी वापतको रकम हस्तान्तरण गरको छ ।

बीमित योङहाङ्गले एजेन्सी म्यानेजर निरा राई मार्फत गत असारमा ५ लाखको बिमा गरेका थिए । उनले पाँच लाखको बिमा गर्दा पहिलो किस्ताको ४१ हजार रकम मात्र रकम बुझाएका थिए । जसबाट कम्पनीले योङहाङ्गका परिवारलाई १० लाख बिस हजार दावी रकम उपलब्ध गराएको हो ।

त्यस्तै सोही परिवारले महालक्ष्मी लाइफमा एक लाखको जीवन हेरचाह बिमा गरेका थिए । सो को समेत कम्पनीले एक लाख रकम भुक्तानी दिएको छ । गोविन्दको बिमा गरेको तीन महिना पछि गत असोजमा कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

भविष्यको बारेमा थाहा नभए पनि आजै बिमा गरेर जोखिम बहन गर्न कम्पनीका उप क्षेत्रिय प्रवन्धक थापाले आग्रह गरेका छन् । साथै उक्त बीमा रकमबाट सन्तानको भविष्यका लागि समेत पढाईमा सहयोग पुग्ने कम्पनीले बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*