स्वावलम्बन लघुवित्तको खुद नाफा २७ प्रतिशतले वृद्धि, इपिएस कति ?

२४ माघ २०७८, सोमबार ११:५३

काठमाडौं । स्वावलम्बन लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफामा आकर्षक सुधार देखिएको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा १८ करोड ४५ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको पुषमसान्तसम्म आइपुग्दा नाफा २७.४२ प्रतिशतले बढेर २३ करोड ५१ लाख १६ हजार रुपैयाँ कमाउन सफल भएको हो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी वृद्धि हुदाँ खुद नाफा समेत वृद्धि हुन पुगेको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २०.६६ प्रतिशतले बढेर ७६ करोड ६२ लाख ४७ लाख रुपैयाँ पुगेको छ भने संचालन नाफा ०.३१ प्रतिशतले बढेर २९ करोड ३८ लाख ११ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा संस्थाले २९ करोड २९ लाख १ हजार रुपैयाँ संचालन नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको जगेडा कोष १७.५३ प्रतिशतले बढेर १ अर्ब ८० करोड ३ लाख ९३ हजार, निक्षेप ११.५६ प्रतिशतले बढेर ११ अर्ब २६ करोड ८३ लाख ५ हजार रुपैयाँ, कर्जा लगानीमा समेत सुधार आइ १८ अर्ब ९६ करोड १४ लाख ७२ हजार रुपैयाँ रहेको छ ।

पुष मसान्तसम्ममा कम्पनीको चुक्तापूँजी ४१.६२ प्रतिशतले बढेर १ अर्ब १२ करोड २१ लाख ७० हजार रुपैयाँ रहेका छ भने कम्पनीको वार्षिकी प्रतिशेयर आम्दानी ४ रुपैयाँ ६७ पैसाले घटेर ४१ रुपैयाँ ९० पैसा र प्रतिशेयर नेटवर्थ २६० रुपैयाँ ४४ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*