जनरल इन्स्योरेन्स कम्पनीको मुनाफा बृद्धि,  दावी भुक्तानी बक्यौता दोब्बर, व्यवसाय खुम्चियो

२४ माघ २०७८, सोमबार ०८:३५

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले मुनाफा उल्लेख्य बृद्धि हुँदा अन्य सूचांकले खराव चित्र कोर्न पुगेको छ । कम्पनीको बक्यौता दावी भुक्तानी ११९.८८ प्रतिशतले बृद्धि हुँदा कम्पनीभित्र चुस्त दुरुस्त प्रशासनिक काम हुन नसकेको पुष्टि हुन आएको छ ।

कम्पनीको बीमा कोष ५९.३८ प्रतिशतले बृद्धि भई ११ करोड ९२ लाख ४८ हजार पुगेको छ । साथै समग्र कोषको आकार ७६.३६ प्रतिशतले बृद्धि भई २६ करोड १७ लाख ६१ हजार रुपैयाँ संचिती रहेको छ ।

जनरल इन्स्योरेन्स कम्पनीले समग्र बीमाको व्यवसाय ३२.८८ प्रतिशतले बृद्धि गर्न सफल भएको देखिएको छ । गत आवको यसै अवधीमा ३५ करोड रुपैयाँ रहेको कूल बीमा शुल्क आम्दानी समीक्षा अवधीमा ४६ करोड माथि पुगेको छ । यद्यपि कम्पनीको कूल जारी बीमा पोलिसी संख्या उल्लेख्य मात्रामा घटेले कम्पनीको बीमाको पहुँच भने खुम्चिन पुगेको छ ।

जनरल इन्स्योरेन्स कम्पनीको मुनाफा ५६.२० प्रतिशतले बृद्धि भएको छ । गत आवको दोस्रो त्रैमासिक अवधीमा तीन करोड ६४ लाख रुपैयाँ रहेको खुद मुनाफा समीक्षा अवधीमा पाँच करोड ६८ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनी व्यवस्थापन खर्च १० प्रतिशतले बृद्धि भएको छ ।

गत आवको पुस मसान्तसम्ममा ४२ हजार ७१५ वटा बीमा पोलिसी कायम राखेको जनरल इन्स्योरेन्स कम्पनीले समीक्षा अवधीमा बीमा पोलिसी संख्या १०.८१ प्रतिशतले घटेर ३८ हजार ९८ वटा बीमा पोलिसीमा झरेको छ । त्यस्तै कम्पनीको बक्यौता दावी भुक्तानी गत आवमा २५ करोड ६३ लाख १७ हजार रहेकोमा चालु आवको छ महिनाको अवधीमा दोब्बर भन्दा बढि अर्थात ११९.८८ प्रतिशतले बृद्धि भई ५६ करोड ३५ लाख ९९ हजार रुपैयाँ पुगेको छ । त्यस्तै कम्पनीको खुद दावी भुक्तानी समेत ११७.१६ प्रतिशतले बृद्धि भएको छ । गत आवमा दुई करोड ७६ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको कम्पनीले यस आवमा पाँच करोड ९९ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको छ । यसले कम्पनीमा खराव व्यवसाय बृद्धि हुँदै गएको देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*