दोस्रो त्रैमासमा महालक्ष्मी लाइफको फराकिलो प्रगति, जीवन बीमा कोष ५२% ले बृद्धि, सबै सूचांकमा प्रगति

२४ माघ २०७८, सोमबार ०७:३८

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेकोछ । कम्पनीको अपरिस्कृत वित्तिय विवरणमा फराकिलो प्रगति गरेको देखिएको छ । तथ्याङ्कमा अन्य कम्पनी भन्दा निकै पछाडि रहेपनि कम्पनीले बीमा व्यवसायको दीगो विकास लक्ष्य पछ्याएको देखिएको छ ।

चालु आवको पुस मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोष ५२.६६ प्रतिशतले बृद्धि भएको छ । गत आवमा एक अर्ब १३ करोड ८१ लाख आठ हजार ६५० रुपैयाँ संचिती गरेको कम्पनीले गत पुस सम्ममा एक अर्ब ७३ करोड ७४ लाख ७३ हजार ३८८ रुपैयाँ जीवन बीमा कोषमा जम्मा गर्न सफल भएको छ ।

कम्पनीको जगेडा कोष र महाविपत्ति कोष सहित कूल कोषको आकार एक अर्ब ९६ करोड ६२ लाख १९ हजार २८० रुपैयाँ पुर्याउन सफल भएको छ ।
महालक्ष्मी लाइफको गत आवको तुलनामा यस आवमा बीमाको व्यवसाय ४४ प्रतिशतले फराकिलो बनाउन सफल भएको छ । गत आवमा ४७ करोड २८ लाख रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेकोमा चालु आवको समीक्षा अवधीमा ६७ करोड ९१ लाख ५१ हजार २७२ रुपैयाँ खूद बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । कम्पनीको खुद दावी भुक्तानी जम्मा सात करोड ३७ लाख रुपैयाँ छ ।

कम्पनीले कोरोना महामारीमा समेत आम्दानीमा उल्लेख्य बृद्धि गर्न सफल भएको छ । सो कम्पनीले गत आवको तुलनामा यस आवमा आफ्नो आम्दानीमा ३० प्रतिशतले बृद्धि गरी १४ करोड २९ लाख पुर्याउन सफल भएको छ ।

कम्पनीको व्यवस्थापन खर्च जम्मा ३.३८ प्रतिशतले बृद्धि भई १० करोड पुगेको छ । कम्पनीले चालु आवको छ महिनामा १२ करोड ९९ लाख ६५ हजार ६८० रुपैयाँ आफ्ना अभिकर्ताहरुलाई कमिशन वितरण गरेको छ ।

कम्पनीको खुद नाफा २.१७ प्रतिशतले बृद्धि भई पाँच करोड ३० लाख ८९ हजार २२६ रुपैयाँ पुगेको छ । गत आवको यसै अवधीमा जम्मा पाँच करोड १९ लाख ६१ हजार ६८१ रुपैयाँ थियो ।

कम्पनीमा हालसम्म कायम पोलिसी संख्या ७३ प्रतिशतले बृद्धि भई ३३ हजार ४६८ वटा पुगेको छ ।

 

One thought on “दोस्रो त्रैमासमा महालक्ष्मी लाइफको फराकिलो प्रगति, जीवन बीमा कोष ५२% ले बृद्धि, सबै सूचांकमा प्रगति

  1. श्याम प्रसाद हुमागाँईं says:

    धेरै राम्रो भएछ! अझ धेरै प्रगतिको कामना छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*