आजै राति १२ः०० बजेदेखि जोर–बिजोर प्रणाली खारेज, उपत्यका प्रशासनले गर्यो निर्णय

२३ माघ २०७८, आईतवार १९:२६

काठमाडौँ । राजधानी काठमाडौं उपत्यकामा केही साता अघिदेखि लगाइएको जोरबिजोर प्रणाली आज माघ २३ गते आइतबार मध्य राति १२ः०० बजेदेखि हटाउने सम्बन्धमा तीन वटै स्थानीय प्रशासनले निर्णय गरेको छ ।

आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले आजै राति १२ बजेबाट नै जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । सो निर्णय अनुसार भोलि विहानैदेखि सबै सवारी साधनहरु राजधानीमा निर्वाध गुड्न पाउनेछन् ।

केहीबेर अघि सम्पन्न भएको संयुक्त बैठकपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख गोबिन्द रिजालले कोभिड–१९ को सक्रमण रोक्न लगाइएको जोर बिजोर प्रणाली भोलिबाट हटाउने निर्णय भएको पुष्टि गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*