पिपुल्स इन्भेष्टमेण्ट कम्पनीको साधारण सभा फागुन १८ गते, यस्ता छन् एजेण्डा

२३ माघ २०७८, आईतवार १३:४६

काठमाडौं । पिपुल्स इन्भेष्टमेण्ड कम्पनी लिमिटेडको १४ औं वार्षिक साधारण सभा फागुन १८ गतेका लागि बोलाएको छ । सभा कम्पनीको कार्यालय थापाथली काठमाडौंमा बिहान १०ः३० बजे भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो ।

सभाले कम्पनी र कञ्चनजंघा हाउजिङ लिमिटेड र पिपुल्स इन्भेष्टमेण्ड कम्पनी लिमिटेड एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा संचालक समितिको निर्णयहरु बदर गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै उक्त सभाले ३० प्रतिशत हकप्रद शेयर निष्कासन र ऋणपत्र निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने कार्यसूचि रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*