ग्रीन भेन्चर्स लिमिटेडले फागुन २ गतेदेखि आइपीओ निष्काशन गर्ने, क–कसले दिन पाउँछन् आवेदन ?

२३ माघ २०७८, आईतवार १०:४७

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले फागुन २ गतेदेखि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका १, २ र ३, लिखु गाउँपालिका ९, रामेछापको लिखु तामाकोशी गाउँपालिका १ र २ र उमाकुण्ड गाउँपालिका ७ का बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

उक्त आइपीओ फागुन २ गतेदेखि बिक्री खुल्ला भई छिटोमा फागुन १६ गते ढिलोमा चैत १ गते आवेदन अवधि बन्द गते हुनेछ ।

आईपीओमा लक्ष्मी बैंकको मंथली शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको धोबिबजार, आयोजना स्थल र मेगा बैंकको खिजिदेम्बा तथा मंथली शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । ददकम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*