सिता एयरका दुई जहाज सिमकोट विमानस्थलमै हिउमा डुब्यो

२२ माघ २०७८, शनिबार २०:४८

काठमाडौं । हिउँदे वर्षाको क्रममा हिजोदेखि हुम्लाको सिमकोट विमानस्थलमा दुर्ई जहाज हिउँमा पुरिएपछि उडान अबरुद्ध बनेको छ ।

सिता एयरका दुई वटै जहाज हिजोदेखि बाक्लो हिउँका कारण उडान भर्न नसकेको विमानस्थल कार्यालयले जनाएको छ । हिजो विहानै सिता एयरका दुई जहाज अवतरण गरे लगत्तै हिमपात सुरु भएको थियो । जसका कारण उक्त दुई जहाजहरु नेपालगन्ज फर्कन पाएका थिएनन् ।

सिमकोटबाट फर्कन नपाई रोकिएका दुवै जहाज हिजो दिनभर भएको हिमपातमा बाक्लो हिउँले पुरिएका छन् । जहाजको पखेटामाथि समेत एक फिटभन्दा बाक्लो हिउ जमेका छन् ।

हिउँमा डुबेका दुवै जहाजह उडान भर्न अझै केही दिन लाग्ने जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*