एकैदिन विश्वभरमा २८ लाख मानिस कोरोनाबाट संक्रमित

२२ माघ २०७८, शनिबार १६:२२

काठमाडौं । बिजुलीको बेगमा विश्वभर फैलिरहेको कोभिड–१९ भाइरसबाट हिजो शुक्रबार एकै दिन २८ लाख ५७ हजार जना संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा विश्वभर हालसम्मकै उच्च साढे २८ लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये अमेरिकाका सबैभन्दा धेरै दुई लाख ५७ हजार जना रहेका छन् ।

शुक्रबार एकै दिन फ्रान्समा दुई लाख ४१ हजार, जर्मनीमा दुई लाख ३५ हजार, ब्रजिलमा दुई लाख १९ हजार, रसियामा एक लाख ६८ हजार, भारतमा एक लाख २५ हजार, टर्कीमा एक लाख ११ हजार, जापानमा एक लाख ३ हजार र इटलीमा एक लाखमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा दुई हजार ४६१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यस्तै, ब्रजिलमा एक हजार ६८, भारतमा एक हजार ५६, रसियामा ६८२, मेक्सिकोमा ६४८, इटलीमा ४३३, फ्रान्समा ३५५, अर्जेन्टिनामा २८७ र बेलायतमा २५४ जनाको मृत्यु भएको छ ।

शुक्रबारसम्मको तथ्याङ्क अनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्य ५७ लाख ४२ हजार नाघेको छ । नेपालमा हालसम्म ११ हजारा ७९४ जनाको मृत्यु भइसकेको छ । नेपालमा हालसम्म नौ लाख ६४ हजार ११९ जना कोरोनाबाट संक्रमित भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*