हिउँदे वर्षाका कारण बनाउँदै गरेको लाखौं इट्टा नष्ट, करोडौंको क्षति

२२ माघ २०७८, शनिबार १६:१३

काठमाडौं । यस पटकको हिउँदे बर्षाका कारण देशैभरिका दर्जनौं इट्टा उद्योगीहरुको लाखौं इट्टा नष्ट हुँदा करोडौं रुपैयाँको क्षति व्यहोरेका छन् । काँचो माटोको इट्टा तयार पारी सुकाउँदै गरेको अवस्थामा ति इट्टाहरु पानीले भिजेर नष्ट भएका हुन् । तीनदिनदेखि परेको वर्षाका कारण सिरहामा करिव २० करोडभन्दा बढीको काँचो ईटा नष्ट भएको छ ।

वर्षाका कारण १५ करोड रुपैयाँभन्दा बढीको काँचो ईटा तथा पाँच करोड बराबरको पकाउन ठिक्क परेको इँटा गलेको व्यवसायीहरूले जनाएका छन् । इँटा उद्योग व्यवसायी संघ सिरहाका अध्यक्ष तथा केन्द्रीय सदस्य विक्रम साहले बेमौसमी वर्षाले धेरै व्यवसायी मारमा परेको बताए । सिरहाका ५० भन्दा बढी इँटा उद्योगमा तयारी अवस्थामा राखिएको पाँच करोडभन्दा बढीका इँटा पूर्णरुपमा नष्ट भएको उनले बताए।

आफ्नै उद्योगमा मात्रै ४५ लाखभन्दा बढीको इँटा गलेको साहले जानकारी दिए । हिउँदे वर्षाले सबैभन्दा धेरै गोलबजार क्षेत्रका इँटा उद्योगमा क्षति पुगेको छ ।

हिउँदो वर्षाका कारण काठमाडौंको दहचोक, फर्पिङ, ललितपुरको बुङ्मति, गोदावरी, भक्तपुरमा रहेको दर्जनबढि इट्टा उद्योगहरुमा क्षति पुगेको छ । त्यस्तै तराईमा तयार हुँदै गरेको ठूलो मात्रामा इट्टाहरु नष्ट भएका छन् ।

काँचो इट्टाको बीमा नहुने हुँदा व्यवसायीहरुले ठूलो क्षति व्यहोर्न बाध्य हुँदै आएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*