खुद ब्याज आम्दानी र संचालन मुनाफा घट्दा सर्पोट लघुवित्तको नाफामा गिरावट

२१ माघ २०७८, शुक्रबार १२:३४

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा घटेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ करोड ५८ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा कम्पनीको खुद नाफा ३७.३२ प्रतिशतले घटेर ९९ लाख ७ हजार रुपैयाँमा सिमित भएको हो । कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफा घट्दा खुद नाफा समेत घट्न पुगेको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा कम्पनीको खुद ब्याज आम्दानी ११.८३ प्रतिशतले घटेर ३ करोड ६४ लाख ५९ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४ करोड १३ लाख ५३ हजार रुपैयाँ रहेको थियो । संचालन नाफा पनि ३७.३२ प्रतिशतले घटेर १ करोड ५७ लाख २६ हजार रुपैयाँमा सिमित भएको छ ।

समिक्षा अवधिमा कम्पनीको जगेडा कोष ७.११ प्रतिशत बढेर ४ करोड ५ लाख ७४ हजार रुपैयाँ, निक्षेप १० प्रतिशतले बढे २३ करोड १४ लाख ५३ हजार रुपैयाँ, कर्जामा बढेर १ अर्ब १६ करोड ३१ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।

हाल कम्पनीको चूक्तापूँजी ८ करोड ५८ लाख रुपैयाँ रहेको छ भने प्रतिशत शेयर आम्दानी २३ रुपैयाँ ०९ पैसा र प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ २९ रुपैयाँ पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*