काठमाडौंको चारै भन्ज्याङमा भारी हिमपात, हिउ खेल्नेको भिड

२१ माघ २०७८, शुक्रबार ०९:१९

काठमाडौं । हिजो राति परेको पानीसँगै राजधानी काठमाडौंको चारै भन्ज्याङ्मा भारी हिमपात भएको छ । काठमाडौको चारैतिरको भन्ज्याङमा बाक्लो हिमपात भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार हिजो राति पानी परेको छ ।

पानी परेसँगै ललितपुरको पुल्चोकी, भक्तपुरको नगरकोट, काठमाडौंको चन्द्रागिरी, मकवानपुरको दामनमा हिमपात भएको छ । काठमाडौंको शिवपुरी डाँडामा समेत भारी हिमपात भएको छ । हिमपातका कारण काठमाडौंको अत्याधिक चिसो बढेको छ ।

भारी हिमपातसँगै उच्च पहाडी डाँडामा हिउ खेल्नेहरुको भिड बढेको छ । बाक्लो हिमपातसँगै पुल्चोकी, चन्द्रागिरी, शिवपुरीमा हिउ खेल्नेहरुको भिडभाड बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*