शिखर इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन
२० माघ २०७८, बिहीबार १७:३६
नेप्सेमा शिखर इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन भएको छ ।कम्पनीको ३० प्रतिशत हकप्रद सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ५ सय ५० रूपैयाँ ७७ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले आज बिहीबारको अन्तिम कारोबार मूल्य एक हजार ९ सय ८६ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।