सुन तोलामा ५ सय रुपैयाँले वृद्धि, चाँदी स्थिर
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । सुन तोलामा ५ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, बुधबार प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहिबार पनि स्थिर भई सोही मूल्यमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।