समृद्धि फाइनान्सको ५० प्रतिशत हकप्रद शेयर फागुन ८ गतेदेखि निष्काशन

२० माघ २०७८, बिहीबार ११:४६

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर फागुन ८ गतेदेखि निष्कासन गर्ने भएको छ । कम्पनीले साउन १५ गते २ बराबर १ को अनुपातमा हकप्रद निकाष्सनका गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएकोमा मंसिर २९ गते अनुमति पाएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरले २७ लाख २९ हजार ७०५ कित्ता शेयर निष्कासन गर्ने भएको हो । यस हकप्रद शेयर खरिदका लागि फागुन २९ गतेसम्म आवेदन दिन सकिनेछ । हकप्रद निष्कासनका लागि कम्पनीले पुस ११ गते एक दिनका लागि क्लोज गरेको हुदाँ ९ र १० गते शेयर कारोबार नहुने भएकाले पुस ८ गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।

हकप्रद निष्कासन पश्चात कम्पनीको चुक्तापूँजी ८१ करोड ८९ लाख ११ हजार ५ सय रुपैयाँ पुग्नेछ । कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*