एचआइडिसिएलले ३ करोड ३० लाख शेयर पुनः लिलाम बढाबढ मार्फत बिक्री गर्ने

२० माघ २०७८, बिहीबार ११:०६

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल)ले बिक्री नभएको शेयर पुनः लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीको माघ २० गते बसेको संचालक समितिको बैठकले कम्पनीले यसअघि बिक्री गरेको हकप्रद शेयरमध्ये संस्थागत समूह अन्तर्गत बिक्री नभएको ३ करोड ३० लाख कित्ता शेयर पुनः लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री खुल्ला गर्ने निर्णय गरेको हो ।

कम्पनीले यसअघि असोज ७ गतेदेखि १४ गतेसम्म सर्वसाधारण समूहको ३२ लाख २९ हजार ७२४ कित्ता र संस्थापक समूहको ३ करोड ३० लाख कित्ता शेयर लिलामीमा ल्याएको थियो । उक्त संस्थापक समूह तर्फको बिक्री नभएको शेयर कम्पनीले पुनः लिलामीमा ल्याउन लागेको हो । लिलामी बढाबढ प्रक्रिया सम्बन्धि सूचना पछि प्रकाशन गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*