सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा, कति दिदैछ बोनस र नगद ?
२० माघ २०७८, बिहीबार १०:५२
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको माघ १८ गते बसेको संचालक समितिको १८२औं बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट हाल कायम चुक्तापूँजी १ अर्ब १२ करोड रुपैयाँबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरणका लागि नियमक निकाय बीमा समिति समक्ष प्रस्ताव पेश गरेको छ ।
उक्त लाभांश बीमा समितिबाट स्वीकृत प्राप्त भएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।