कोरोनाका कारण एकैदिन १२ जनाको मृत्यु, ३६३७ जनामा संक्रमण पुष्टि

१९ माघ २०७८, बुधबार १७:०१

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १२ जना संक्रमितको मृत्यु भएको छ भने ३ हजार ६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ हजार ४९९ जनामा पीसीआर परीक्षण गर्दा २ हजार २०५ जनामा र ५ हजार ८३ जनामा एन्टिजेन परीक्षण गर्दा १ हजार ४३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, बुधबार पछिल्लो २४ घण्टामा ७ हजार ५५५ जना संक्रमितहरुको मृत्यु भएको छ । हाल देशभर ६९ हजार २९१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा थप १ हजार १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*