घलेम्दी हाइड्रोपावारको खुद नाफा २० लाख रुपैयाँमाथि, अन्य सूचक कस्तो ?

१८ माघ २०७८, मंगलवार ११:५६

काठमाडौं । घलेम्दी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफामा सुधार आएको छ ।

गत आर्थिक वर्ष यसै अवधिमा ९६ लाख ७२ हजार रुपैयाँ नोक्सानमा रहेको कम्पनी चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा खुद नाफामा सुधार आएर २० लाख ७ हजार रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको विद्युत विक्री आम्दानी भने घटेको छ । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १२.६६ प्रतिशतले घटेर १ करोड ६४ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष भने विद्युत बिक्री आम्दानी १ करोड ८८ लाख ७४ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिसम्ममा कम्पनीको चुक्तापूँजी ५५ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोष १५ लाख ४४ हजार रुपैयाँ रहेकोा छ । त्यस्तै, कम्पनीको वार्षिकी प्रतिशेयर आम्दानी ३७ पैसा र प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ २६ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*