सिद्धार्थ इन्स्योरेन्स सहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१७ पुष २०७८, शनिबार ०५:३८

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स सहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।सिद्धार्थ इन्स्योरेन्स, नेपाल दुरसञ्चार कम्पनी, हिमालयन बैंक, नबिल बैंक, महालक्ष्मी विकास बैंक र बुटवल पावर कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १८ गते बुक क्लोज गर्दैछन् ।

नेपाल दुरसञ्चार कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २८ गते राष्ट्रिय सभा गृह पदर्शनी मार्ग काठमाडौंमा साधारण सभा बिहान १० बजे शुरु गर्ने जानकारी दिएको छ ।

त्यसैगरी हिमालयन बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र करसहित ११ दशमलव ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २८ गते होटल सोल्टी सोल्टीमोड काठमाडौमा साधारण सभा बिहान ११ बजे गर्ने जानकारी दिएको छ ।

त्यसैगरी नबिल बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्तापूँजीको १८ दशमलव ५० प्रतिशत बोनस शेयर र ११ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । सभा सिल्भर ओक ब्याक्वेट तथा इभेन्ट सेन्टर गैह्रीधारा, काठमाडौंमा बिहान १० बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ९ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४७३७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकुटीमण्डमा साधारण सभा गर्ने जानकारी दिएको छ ।

महालक्ष्मी विकास बैंकले भने गत आवको मुनाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र करसहित ६ दशमलव ४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि पुस २९ गते साधारण सभा बोलाएको छ । सभा लैनचौर ब्याङ्क्वेटमा बिहान १० शुरु हुने छ ।

त्यस्तै बुटवल पावर कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस ३० गते साधारण सभा बोलाएको छ । सभा कार्की ब्याक्वेंट बबरमहल काठमाडौंमा बिहान ११ बजे शुरु हुने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*