नेपाल पुनर्बीमा कम्पनीद्धारा मुद्दती निक्षेप लगानी गर्ने आव्हान, कहिलेसम्म दिन पाईन्छ आवेदन ?
१७ माघ २०७८, सोमबार १४:१२
काठमाडों । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेप लगानी गर्ने आग्रह गरको छ ।कम्पनीको लगानी योग्य रकम क र ख वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा एक वर्षे मुद्दती निक्षेपमा लगानी गर्ने अनुरोध गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम र ब्याजदर उल्लेख कम्पनीले तोकेको कोटेशन सम्बन्धी वेभसाईटमा भएको फारम भरी माघ १९ गतेसम्म गोप्य शिलबन्दी प्रस्ताव पेश गर्ने सक्नेछन् ।
साथै प्रस्तावको मान्य अवधि एक महिनाको हुनु पर्ने कम्पनीले जनाएको छ ।