दोस्रो त्रैमासमा चन्द्रागिरी हिल्स पावर नोक्सानीमा

१७ माघ २०७८, सोमबार १३:४६

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म चन्द्रागिरी हिल्स पावर नोक्सानीमा रहेको छ।दोस्रो त्रैमासको अवधिसम्ममा चन्द्रागिरी हिल्स पावर कम्पनी १ करोड ७५ लाख रुपैयाँ नोक्सानमा छ । तथापि, एक वर्षको अवधिमा कम्पनीको नोक्सानमा भने कमी आएको छ । गत वर्ष यसैअवधिमा कम्पनी १२ करोड ३२ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

पुस मसान्तसम्म आइपुग्दा कम्पनीको सञ्चालन आम्दानीमा भने सुधार आएको छ । यसअवधिसम्म आइपुग्दा यसले २५ करोड ९२ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत वर्ष यसैअवधिमा यसको सञ्चालन आम्दानी ५ करोड १५ लाख रुपैयाँ मात्रै थियो । गत वर्ष २० लाख रुपैयाँ रहेको अन्य स्रोतबाट हुने आम्दानी यो वर्ष भने १५ लाख रुपैयाँमा सीमित भएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानीमा भएको नोक्सानी पनि घटेको छ । गत वर्ष ९ रुपैयाँ १३ पैसा नोक्सानमा रहेको कम्पनीको प्रतिसेयर आम्दानी यो वर्ष १ रुपैयाँ १४ पैसा नोक्सानीमा आएको छ । प्रतिसेयर नेटवर्थ ७१ रुपैयाँ ४८ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*