सुन तोलामा ४ सय रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?

१७ माघ २०७८, सोमबार ११:४२

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आइतबार तोलामा ४ सय रुपैयाँले घटेको सुन सोमबार पनि सोही मूल्यले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, आइतबार प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको चाँदी सोमबार भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*