हायर पर्चेज कर्जा प्रवाह गर्ने प्राईभेट कम्पनीले अब ८० प्रतिशतभन्दा बढी कर्जा प्रवाह गर्न नपाउने

१६ माघ २०७८, आईतवार १८:२१

काठमाडौं । हायर पर्चेज कर्जा प्रवाह गर्ने प्राईभेट कम्पनीले अब ८० प्रतिशतभन्दा बढी कर्जा प्रवाह गर्न नपाउने भएका छन् । राष्ट्र बैंकले हायर पर्चेज कर्जामा नयाँ व्यवस्था लागू गरेसँगै प्राईभेट कम्पनीले अब ८० प्रतिशतभन्दा बढी कर्जा प्रवाह गर्न नपाउने भएका हुन् ।

हायर पर्चेज कर्जा दिन स्वीकृति लिने कम्पनीहरुले पालना गर्नुपर्ने थप शर्त तथा व्यवस्थाहरु तोक्दै राष्ट्र बैंकले हायर पर्चेज कर्जा प्रवाह गर्ने प्राईभेट कम्पनीले अब अधिकतम ८० प्रतिशतसम्म मात्रै कर्जा प्रवाह गर्न पाउने नयाँ व्यवस्था गरेको हो ।

हायर पर्चेज कर्जा प्रवाहका लागि स्वीकृत पाएका कम्पनीहरुले फाइनान्सिङको व्यवस्था गर्दा अब खरिदकर्ताबाट अनिवार्य रुपमा कम्तीमा २० प्रतिशत डाउनपेमेन्ट लिँदै पर्ने बाध्यकारी व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

यसअघि सवारी बिक्रेता कम्पनीले आफैँ हायर पर्चेज कर्जा प्रवाह गर्दा ९० प्रतिशतसम्म कर्जा लगानी गर्दै आएका थिए । राष्ट्र बैंकले यसमा लगाम लगाएको हो ।
बैंकहरुले भने हायर पर्चेज कर्जा प्रवाह गर्दा यसअघिकै ५० प्रतिशतको क्याप नै लागू हुनेछ । यस विषयमा राष्ट्र बैंकले कुनै अर्को व्यवस्था गरेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*