नेसनल हाइड्रोपावरको नाफा घट्यो

१७ माघ २०७८, सोमबार ०६:०५

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले दोस्रो त्रैमाससम्ममा नेसनल हाइड्रोपावर ८५ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ३९।१७५ ले थोरै हो ।

त वर्ष कम्पनीले १ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा कम्पनीले ५ करोड ५५ लाख रुपैयाँ रेभिन्यू संकलन गरेको छ । गत वर्ष यसले ५ करोड ४५ लाख हजार रुपैयाँ रेभिन्यू संकलन गरेको थियो ।

पुस मसान्तसम्म आइपुग्दा नेसनलको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ३७ पैसा बार्षिक र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ८२ पैसा छ । हाल यसको चुक्ता पुँजी १ अर्ब ३८ करोड ५९ लाख ११ हजार रुपैयाँ र जगेडा कोषमा २६ करोड रुपैयाँ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*