छोरालाई जन्मदिनमा एशियन लाइफको बीमा पोलिसी उपहार

१६ माघ २०७८, आईतवार १६:५७

हेटौडा । जन्मदिनको अवसरमा आफना सन्तानलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । पछिल्लो समय जिन्सी , नगद र अन्य उपहारका सामान भन्दा आफ्नो बच्चाको भावी सुरक्षाको लागि अभिवाकहरुले बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गएको छ।

यसै क्रममा मकवानपुरको कैलाश गापा– १० नामटार गैरीगाउँ बस्ने सुनिता तामाङ्गले छोराको जन्मदिनमा बीमा पोलिसी उपहार दिएकी छिन् । तामाङ्गले छोरा सनिश थिङ्गलाई जन्म दिनको अवसर पारी १० लाखको बीमा पोलिसी उपहार दिएकी हुन् ।

कम्पनीको शाखा कार्यलय हेटौडाबाट २० वर्षे बाल उच्च शिक्षा योजना १० लाखका सुचारु गरिएको अभिकर्ता हिरामाया मोक्तान बताइन् ।

जन्म दिनलाई विशेष बनाउनुको साथै बच्चाको उच्च शिक्षा खर्च व्यवस्थापनको लागि जन्म दिनमा बीमा पोलिसी उपहार दिदाँ अनावश्यक खर्च कटौती गरी भविष्यमा हुने शिक्षा तथा स्वास्थको ग्यारेन्टी हुने सिनियर एजेन्सी राजु साहले बुझाएसँगै उक्त गराउन सफल भएको अभिकर्ता मोक्तानले उक्त कार्यक्रमममा बताइन् ।

एउटै बिमालेखबाट अभिभावक र बच्चा दुवैको जोखिम बहन हुने, बच्चा १६ देखि २० वर्ष सम्म अग्रिम भुक्तानी पाउने साथै अन्त्यमा शत प्रतिशत बोनस दिने भएकोले यो बिमा उच्च शिक्षामा महत्वपुर्ण भुमिका खेल्ने शाखा कार्यलय हेटौडाका शाखा प्रबन्धक डिल्लीराम तिवारीले बताए । जिन्सी , नगद र अन्य उपहारका सामान भन्दा जीवन बीमामै बर्षै पिच्छे किस्ता तिरी जोखिम बहन र बचत समेत हुने छ ।

विभिन्न पर्व उत्सव तथा जन्म दिनमा हुने अनावश्यक खर्च कटौती गरी भविष्यमा हुने शिक्षा तथा स्वास्थको ग्यारेन्टी हुने भएकोले कम्पनीको बाल उच्च शिक्षा योजना दिएको सिनियर एजेन्सी राजु साहले बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*