एलआइसी नेपालको १९औं साधारण सभा फागुन ११ गते, कहिले हुँदैछ बुकक्लोज ?

१६ माघ २०७८, आईतवार १२:२३

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले १९औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ ११ गते बसेको संचालक समितिको बैठकले सभा फागुन ११ गते एलआइसी शिक्षालय हल, नक्साल काठमाडौंमा बिहान सवा ११ बजे भर्चुअल माध्यमबाट बस्ने निर्णय गरेको हो ।

उक्त सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम कायम चुक्तापूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश पारित गर्नेछ । साथै संस्थापक शेयरधनीहरुको आफ्नो स्वामित्वमा रहेको कुल १० प्रतिशत संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिवर्तन गर्नेछ ।

त्यस्तै, सोही सभाले आर्थिक वर्ष २०७६।०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाहका विवरणमाथि छलफल गरी पारित समेत गर्नेछ । त्यस्तै, आव २०७७।०७८ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि माघ २४ गतेदेखि फागुन ११ गतेसम्म बुकक्लोजको मिति तय गरेको छ । जसअनुसार माघ २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेको शेयरधनीहरुले मात्र सभामा भाग लिन र सो कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*