साताको पहिलो दिन सुन तोलामा ४ सय रुपैयाँले घट्यो

१६ माघ २०७८, आईतवार ११:३५

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार ९ सय रुपैयाँले घटेको सुन आइतबार पनि फेरी ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार भने छापावाला सुनको मुल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, शुक्रबार प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*