रिभर फल्स पावरको साधारण सभा फागुन ६ गते, यस्ता छन् एजेण्डा

१४ माघ २०७८, शुक्रबार १४:२७

काठमाडौं । रिभर फल्स पावर लिमिटेडको छैठौं वार्षिक साधारण सभा फागुन ६ गतेका लागि बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय कमलादी २८ काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्षका २०७८।०७९ का लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।

साथै सभाले नयाँ जलविद्युत आयोजना लगानी गर्ने अख्यिातारी संचालक समितिलाई दिने प्र्रस्ताव समेत कार्य सूचिमा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*