बिबाहमा दाइजो स्वरुप सिटिजन लाइफ इन्स्योरन्सको बीमा पोलिसी उपहार

१४ माघ २०७८, शुक्रबार १३:१७

काठमाडौं । गोरखा जिल्ला पालुङटार नगरपालिका–४ निवासी महेन्द्र रोका र चिन माया रोकाले छोरी मिरा रोकालाई बीमा पोलिसी उपहार दिएका छन् । छोरी मिरा रोकाको बिबाहको उपलक्ष्यमा परिवारले दाइजो स्वरुप सिटिजन लाइफ इन्स्योरेन्सको बीमा पोलिसी उपहार दिएका हुन् ।

रोका परिवारले छोरीको जीवनको आर्थिक सुरक्षा र भविष्य सुनिश्चित गर्नका लागि माघ १२ गते विवाहको दिन १५ लाख रुपैयाँको जीवन बीमा पोलिसी हस्तान्तरण गरेका हुन् ।

वैदेशिक रोजगारीमा आवद्ध रहेका मिराका बुबाले जीवन बीमा मानिसको सहारा भएको र यसले छोरीको भविष्यमा केही सुविधा प्रदान गर्ने भएकाले बीमा पोलिसी दाइजो स्वरुप उपहार दिएको बताएका छन् ।

उक्त जीवन बीमा पोलिसि हस्तान्तरण कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेका एजेन्सी म्यानेजर पे्रम कोइराला र २०२२ को आडिआरटी तथा एजेन्सी म्यानेजर प्रेम अछामीको उपस्थिति रहेको थियो ।

सिटिजन लाइफ इन्स्योरेन्सबाट यस्तो कार्यक्रम गोरखामा पहिलो पटक रहेको हुदाँ आम जनमानसमा यस कार्यक्रमले बीमा क्षेत्रप्रतिको सकारात्मक सोचका लागि कोसेढुङ्गा हुने विश्वास कम्पनीले गरेको छ ।

साथै थप सुविधाका लागि पालुङटार नगरपालिका ५ काँटी पोखरीमा एजेन्सी सम्पर्क कार्यालयको स्थापना गरिएको एजेन्सी प्रेम अछामीले जनाएका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*