नेप्सेमा सामान्य अंकको बढोत्तरी, ७ उपसूचकमा हरियाली छाउँदा ३ अर्बमा झर्यो कारोबार

१३ माघ २०७८, बिहीबार १५:१९

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा सामान्य सुधार देखिएको छ । यससाता लगातार गिरावट आएको शेयर बजारमा आज झिनो अंक ३.२९ अंकले शेयर बजार बढ्न पुगेको छ ।

नेप्सेमा सूचीकृत २२४ कम्पनीको ६६ लाख ७५ हजार २३१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६८४ रुपैयाँको कारोबार भएको छ । आज झिनो ंअंकले नेप्से बढेतापनि अघिल्लो दिनको तुलनामा कारोबार खुम्चिएको छ ।

भदौ महिनामा १८ अर्बसम्मको कारोबार भएको शेयरबजारमा आज ३ अर्बमा कारोबार खुम्चिन पुगेको छ । पछिल्लो केही दिनयता नेपाली शेयर बजारमा उतारचढाव देखिएको छ ।

नेप्से परिसूचक शुन्य दशमलव १२ प्रतिशतले बढेपनि २७७९.९३ विन्दुमा झरेको छ । ३ अर्बमाथि कारोबार सीमित हुँदा आज सर्वाधिक नेशनल लाइफ इन्स्योरेन्सको भएको छ । कम्पनीको आज एकैदिन २० करोड भन्दा माथिको कारोबार भएको हो ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ७ समूहमा हरियाली छाएको छ भने ६ समूह राताम्य भएका छन् । आज सर्वाधिक निर्जीबन बीमा समूहको १३२ अंकले बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*