लाभांश घोषणा गरेसँगै नेशनल लाइफको उच्च खरिदबिक्री, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

१३ माघ २०७८, बिहीबार १५:१२

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से झिनो अंकले बढेको छ । यस साता लगातार ओरालो लागेको शेयर बजार आज ३.२९ अंकले बढेको छ ।

नेप्सेमा सूचीकृत २२४ कम्पनीको ६६ लाख ७५ हजार २३१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६८४ रुपैयाँको कारोबार भएको छ । आज झिनो ंअंकले नेप्से बढेतापनि अघिल्लो दिनको तुलनामा कारोबार खुम्चिएको छ ।

३ अर्बमाथि कारोबार सीमित हुँदा आज सर्वाधिक नेशनल लाइफ इन्स्योरेन्सको भएको छ । कम्पनीको आज एकैदिन २० करोड २ लाख ६९७ रुपैयाँको कारोबार भएको हो । कम्पनीले आज २० प्रतिशत लाभांश घोषणा गरेसँगै लगानीकर्ताहरु सोही प्रतिशत लाभांश पाउन सो कम्पनीमा झुम्मिएको हुन् ।

त्यस्तै, एनटिसीको ११ करोड ४७ लाख, अपि पावरको ११ करोड १७ लाख, शिखर इन्स्योरेन्सको १० करोड ९९ लाख र आइएमई जनरल इन्स्योरेन्सको ९ करोड २५ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*