संचालन नाफामा सुधार आएसँगै जानकी फाइनान्सको नाफा बढ्यो, अन्य सूचक कस्तो ?

१३ माघ २०७८, बिहीबार १२:२६

काठमाडौं । जानकी फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुुसार कम्पनीको खुद नाफामा आकर्षक सुधार देखिएको छ ।

पुस मसान्तसम्मका कम्पनीले ३ करोड ५५ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्स ४ करोड ६८ लाख ५२ हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफामा समेत सुधार देखिएको छ । गत वर्ष सो अवधिमा ५ करोड ७५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो वर्ष सो अवधिसम्म ६५.३० प्रतिशतले बढेर ९ करोड ५१ लाख ७४ हजार रुपैयाँ पुगेको छ । साथै संचालन नाफा समेत ४ करोड २७ लाख ५१ हजार रुपैयाँ पुगेको हो ।

कम्पनीको खुद ब्याज आम्दानी र संचालन मुनाफामा उत्कृष्ट सुधार आएसँगै गत आवमा ऋणात्मक रहेको खुद नाफा यस आवमा सुधार आएको हो ।

दोस्रो त्रैमासम्मको अवधिमा कम्पनीको चुक्तापूँजी ६० करोड रुपैयाँ रहेकोमा कम्पनीले जगेडा कोषमा २० करोड ५४ लाख रुपैयाँ संचित गर्न सफल भएको छ । साथै कम्पनीको वार्षिकी प्रतिशेयर आम्दानी ११ रुपैयाँ ८५ पैसा र प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ७१ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*