ज्योति लाइफ इन्स्योरेन्सद्धारा बुकक्लोजको मिति तय

१३ माघ २०७८, बिहीबार ११:१९

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयर दाखिला खारेज (बुकक्लोज)को मिति तय गरेको छ । कम्पनीले फागुन ६ गते बस्ने चौथौं वार्षिक साधारण सभाको प्रयोजनको लागि बुकक्लोजको मिति तोेकेको हो ।

कम्पनीको माघ १२ गते बसेको संचालक समितिको बैठकले फागुन ६ गते शुक्रबार वाटर फ्रन्ट रिसोर्ट लेकसाइड पोखरामा गर्ने चौथौ वार्षिक साधारण सभाका लागि माघ २४ गते एक दिनका लागि बु्कक्लोज गर्ने निर्णय गरेको हो । जसअनुसार माघ २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र कम्पनीको उक्त सभामा भाग लिन र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

कम्पनीले आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कायम चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सोही प्रतिशत लाभांश उक्त साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*