३८ अंकले घट्यो नेप्से, ४ अर्बमा कारोबार खुम्चिँदा बीमा सूचकमा उच्च गिरावट

१२ माघ २०७८, बुधबार १५:१५

काठमाडौं । नेपाली शेयर बजारमा साताको चौथो दिन पनि गिरावट आएको छ । पछिल्लो केही दिनयता शेयर बजारमा लगातार गिरावट आएकोमा आज नेप्से परिसूचक ३८.४५ अंक अर्थात् १.३७ प्रतिशतले घटेको छ ।

अघिल्लो दिन सामान्य अंकले घटेको नेप्से परिसूचक आज सोही अंकले घटेर २७७७६.६१ विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचीकृत २३३ कम्पनीको ९३ लाख ५८ हजार ७०० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन ५ अर्बमाथि कारोबार सीमित हुँदा आज ४ अर्बमा कारोबार खुम्चिन पुगेको छ ।

नेप्सेमा रहेका १३ उपसूचक नै आज राताम्य भएका छन् । सर्वाधिक जीवन बीमा र निर्जीबन बीमा उपसूचकको २९८.१७ अंक र १४६.९८ अंकले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*