स्वास्थ्य बीमा बोर्डमा अस्थायी दरवन्दी स्वीकृत गर्ने मन्त्रिपरिषदको निर्णय

१२ माघ २०७८, बुधबार १५:०२

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य बीमा बोर्डमा अस्थायी दरवन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । यो नियमित प्रक्रिया हो । स्थायी दरबन्दी सुविधा नभएकोले मन्त्रिपरिषदबाट स्वीकृत गरी अस्थायी दरबन्दी स्वीकृत गर्दै काम चलाउँदै आएको बोर्डले सोही प्रक्रियालाई निरन्तरता दिएको हो । सोमबार बसेको मन्त्रिरिपषदको बैठकले बोर्डमा ३८० जनाको लागि अस्थायी दरबन्दी स्वीकृति गर्ने निर्णय गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी गराएका हुन् । त्यस्तै, मन्त्रिपरिषदको बैठकले छपाइ भएर प्रकाशन र चलनचल्तीमा नआएका हुलाक टिकट र हुलाक स्टेसनरीहरू प्रयोगमा नल्याइने निर्णय भएको बताए ।

त्यस्तै, सोमबारकै मन्त्रिपरिषदबाट कृषि तथा वनविज्ञान विश्वविद्यालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृति दिने निर्णय भएको छ । साथै लोकसेवा तथा बढुवा समितिको सिफारिसबमोजिम विभिन्न सेवा समूहका राजपत्रांकित द्वितीय श्रेणीका अधिकारीहरूलाई सम्बन्धित सेवा समूहको राजपत्रांकित प्रथम श्रेणीको सहसचिव पदमा बढुवा, नियुक्ति तथा पदस्थापना गर्ने मन्त्रिपरिषदको बैठकबाट निर्णय भएको बुधबार सरकारका प्रबक्ता कार्कीले जनाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*