मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

१२ माघ २०७८, बुधबार १२:२२

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ५० हजार ७६६ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

बैैंकका विद्यमान संस्थापक शेयरधनी शान्ता कुमारी कंडेलको नाममा रहेको १० हजार कित्ता, लक्ष्मण कुमारी रानाको नाममा रहेको ३५ हजार ८५८ कित्ता र शंकर कुमार श्रेष्ठको नाममा रहेको ४ हजार ९०८ कित्ता शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेश गर्ने सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*