एनआरएनको विवाद मिलाउन पाँच पूर्व अध्यक्ष सक्रिय, कार्यदलको म्याद थपियो

१२ माघ २०७८, बुधबार ०८:४१

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशनको लागि प्रतिनिधि विवाद मिलाउन संघका अग्रजहरु सक्रिय भएर जुटेका छन् । संस्थापक अध्यक्षदेखि अन्य पाँच पूर्व अध्यक्षहरु हिजो राजधनी काठमाडौंको हायात होटलमा भेला भई विवादमा समाधानको प्रयासमा सक्रिय भएका हुन् । संघका पूर्वअध्यक्ष शेष घलेको अध्यक्षतामा गठित कार्यदलको म्याद १० दिन थप गरी समस्या समाधानको उपाय निकाले संघले जनाएको छ ।

कार्यदलको मंगलबार बसेको बैठकमा समस्या समाधानको विषयमा कुराकानी भएको थियो । हिजोको बैठकमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्व अध्यक्षहरु जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट र वर्तमान अध्यक्ष कुमार पन्त तथा कार्यदलका अध्यक्ष शेष घलेको उपस्थिति रहेको थियो । एनआरएनएको विवाद समाधान गर्न पूर्व अध्यक्ष शेष घलेको अध्यक्षतामा कार्यदल गठन गरिएको छ ।

मंगलवार दिउसो बसेको कार्यदलको बैठकमा संयोजक घलेले थप समयको माग गरे पछि १० को लागि म्याद थपिएको एनआरएनएका संस्थापक उपेन्द्र महतोले जानकारी दिए । हिजोको बैठकले प्रतिनिधि विवादमा देखिएका कानुन सम्बन्धी समस्या समाधान गर्न कानुनी परामर्श समिति र एमआइएस (मेम्मवर इन्फरमेसन सिस्टम) का समस्या समाधान गर्ने प्राविधिक समिति बनाउने निर्णय गरिएको एनआरएनएले जनाएको छ ।

१५ जनवरीमा बसेको संघको ८१ औं बैठकले पूर्वअध्यक्ष घलेको नेतृत्वमा ७ सदस्यीय निर्वाचन उपसमिति गठन गरेको थियो । पूर्व अध्यक्षहरु सहभागी कार्यदलले उचित निकास निकाल्ने विश्वास विश्वभर छरिएर रहेका गैर आवासिय नेपालीहरुले गरेका छन् ।

तस्विर सौजन्यः नेपाल ब्रिटेन डटकम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*