एक सातामा बैंकिङ प्रणालीबाट १७ अर्ब चैट, तरलता समस्या झनै बढ्दै

११ माघ २०७८, मंगलवार १६:२८

काठमाडौं । माघको पहिलो सातामै वाणिज्य बैंकबाट १३ अर्ब रुपैयाँ निक्षेप घटेको छ । खासै कर्जा प्रवाह नभएको मौकामा बैंकिङ प्रणालीबाट १३ रुपैयाँ हराएको हो । पहिलो साता विदेशबाट आएको चार अर्ब सहित कूल १७ अर्ब रुपैयाँ एक सातामा चैट भएको बैंकरहरुको भनाई छ ।

एक सातामा बैंकबाट १७ अर्ब निक्षेप बाहिरिँदा कर्जाको माग एक अर्ब रुपैयाँ मात्रै देखिएको तथ्याङ्कले देखाएको छ । कूल बाहिरिएको १७ अर्ब मध्ये चार अर्ब रेमिट्यान्स भित्रिएको हिसाब घटाउँदा वित्तिय प्रणालीबाट १३ अर्ब रुपैयाँ घट्न पुगेको छ ।

माघ पहिलो सातासम्म आईपुग्दा कर्जा–निक्षेप अनुपात (सिडी) रेसियो ९०.४३ प्रतिशत पुगेको छ । चालु आवको मौद्रिक नीतिमा वाणिज्य बैंकको सिडी रेसियो आगामी असार मसान्तसम्म ९० प्रतिशत भित्र हुनुपर्ने भन्ने रहेको छ । तर अहिले नै बैंकहरुको सिडी रेसियो ९० प्रतिशत कटिसकेको छ ।

पुस ३० गतेसम्म बैंकमा ४३ खर्ब २४ अर्ब रहेको निक्षेप माघ ७ गतेसम्म आइपुग्दा १३ अर्ब रुपैयाँले घटेर ४३ खर्ब ११ अर्ब रुपैयाँमा सीमित बनेको छ ।

यस्तै एक साताको अवधिमा कर्जाको माग भने बैंकमा जम्मा १ अर्ब मात्रै रहेको तथ्याङकले देखाएको छ । पुस ३० मा ४१ खर्ब ४३ अर्ब रुपैयाँ रहेको कर्जा एक साताको अवधिमा १ अर्ब बढेर ४१ अर्ब ४४ अर्ब पुगेको छ । एक सातामै १७ अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट हराएपछि जारी तरलता समस्या थप जटिल बन्ने देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*