दुई कम्पनीको शेयरमा लाग्यो सर्किट, आज ८ कम्पनीका लगानीकर्ताले मात्र कमाए

१० माघ २०७८, सोमबार १५:३०

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा उच्च गिरावट आएतापनि दुई कम्पनीको शेयरमा भने सकारात्मक सर्किट लागेको छ । आज नेप्से परिसूचक १०० अंकले घट्न पुगेको छ । सोही अंकले नेप्से घटेपनि ८ अर्बमाथिको कारोबार भएको छ ।

नेप्सेमा सूचीकृत २२८ कम्पनीको १ करोड ७० लाख ६३ हजार ८३३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १७७ रुपैयाँको कारोबार भएको छ ।

आज उच्च अंकले गिरावट आएको शेयरबजारमा विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, ज्योति लाइफ इन्स्योरेन्सको १.८२ प्रतिशत, गोर्खाज फाइनान्सको १.५१ प्रतिशत, सानिमा लार्ज क्याप फण्डको १.५० प्रतिशत र जनउत्थान सामुदायिक लघुवित्तको शुन्य दशमलव ६० प्रतिशतले बढेको छ ।

आज नेप्सेमा १०० अंकको पहिरो जाँदा ८ कम्पनीको शेयरमूल्य मात्र बढेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*