मञ्जुश्री फाइनान्सको यस्तो देखियो दोस्रो त्रैमासको वित्तीय विवरण

१० माघ २०७८, सोमबार ०६:०५

काठमाडौं । मञ्जुश्री फाइनान्सले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। दोस्रो त्रैमाससम्म कम्पनीले ७ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ३३.५२ प्रतिशतले कम हो। ्गत वर्ष यही अवधिसम्म कम्पनीले ११ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको थियो।

यो अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा पनि ३०.८६ प्रतिशतले घटेर १० करोड ७६ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्मा यस्तो मुनाफा १५ करोड ५७ लाख रुपैयाँ रहेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*