मुक्तिनाथ विकास बैंकको खुद मुनाफा घट्यो

९ माघ २०७८, आईतवार ११:५७

काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले दो्रस्रो त्रैमासको अवधिसम्ममा ६० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा २.१४% ले थोरै हो । गत वर्ष बैंकले ६१ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा बैंकको वितरण योग्य नाफा पनि ५७.७२% ले घटेर २२ करोड २१ लाख रुपैयाँ पुगेको छ ।

यस त्रैमासको अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी ३१.८७% ले बढ्दा सञ्चालन नाफा भने ०.५४% ले घटेको छ । यसको खराब कर्जा २.०४% ले घटेर ०.२६% मा झरेको छ । बैंकको प्रतिसेयर आम्दानी घटेर ४ रुपैयाँ २९ पैसा घटेर २१ रुपैयाँ ३ पैसा बार्षिक) कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ४५ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*