एनएमबि बैंकको शेयरधनीहरुको खातामा नगद लाभांश जम्मा

९ माघ २०७८, आईतवार ११:३०

काठमाडौं । एनएमबि बैंकले आफ्ना शेयरधनीहरुको बैंक खातामा नगद लाभांश आज (माघ ९ गते) देखि जम्मा गरिदिने भएको छ । बैंकको पुस २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट ३ दशमलव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रूस्ताव पारित गरेको हो ।

कम्पनीले शेयरधनीहरुको बैंक खातामा नगद लाभांश क्रमश भुक्तानी गरिरहेको हुदाँ शेयर अभौतिकीकरण नगराएका शेयरधनीले हितग्राही खाता खोली शेयर अभौतिकीकारण गराई हितग्राही खाता आफ्नो बैंक खाता अद्यावधिक गराउन अनुरोध समेत गरेको छ ।

कम्पनीको शेयर रजिष्ट्रारका रुपमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*