३ हाइड्रोपावरको शेयरमा लाग्यो सर्किट, यी हुन् आज सर्वाधिक कमाउने कम्पनी

६ माघ २०७८, बिहीबार १५:१४

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा फेरी हरियाली छाएको छ । बुधबार ३८ अकंले ओरालो लागेको नेप्से बिहिबार भने ३२.९६ अकंले वृद्धि भएको हो ।

आज पूँजी बजारमा सूचिकृत २२९ कम्पनीको १ करोड ५९ लाख ८९ हजार ७४४ कित्ता शेयर किनबेच हुदाँ ५ अर्ब ७७ करोड ३१ लाख २० हजार रुपैयाँ माथिको कारोबार भएको हो ।

नेप्से हिजो राताम्य हुदाँ समेत ६ अर्बको कारोबार भएकोमा आज हरियाली छाउँदा समेत कारोबार साढे ५ अर्बमा खुम्चिन पुगेको छ । आज ३ कम्पनीको शेयरमा सर्किट लागेको छ । बिहिबार मैलुङ खोला जलविद्युत, तेह्रथुम पावर र बुद्धभुमी नेपाल हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो ।

त्यस्तै, न्यादी हाइड्रोपावरको ८.८६ प्रतिशत, गुँरास लाइफ इन्स्योरेन्सको ७.७९ प्रतिशत, यूनियन हाइड्रोपावरको ७.२४ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ६.९१ र सिन्धु विकास बैंकले ६.२४ प्रतिशतले वृद्धि भएको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*