आइएमई जनरल इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

६ माघ २०७८, बिहीबार १५:१०

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा हरियाली छाएको छ । दुईदिन यता गिरावट आएको नेप्से परिसूचक आज ३२ अंकले बढ्न पुगेको छ ।

नेप्सेमा सूचीकृत २२९ कम्पनीको २ करोड ५९ लाख ८९ हजार ७४४ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७७ करोड ३१ लाख २० हजार ४०९ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा हरियाली छाएतापनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घट्न पुगेको हो । सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक कारोबार हुने कमपनीमा आइएमई जनरल इन्स्योरेन्स रहेको छ । कम्पनीको आज एकैदिन २२करोड २० लाख ५३ हजार ४१६ रुपैयाँको कारोबार भएको छ । कम्पनीले हकप्रद निष्काशनका लागि बोर्डबाट स्वीकृती पाएसँगै लगानीकर्ताहरु उक्त कम्पनीमा झुम्मिएका हुन् ।

त्यस्तै अपि पावरको १८ करोड ४७ लाख, शिखर इन्स्योरेन्सको १७ करोड ६७ लाख, अरुण भ्याली हाइड्रोपावरको १६ करोड १० लाख र एनटिसिको १५ करोड ६७ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*