निफ्राको खुद नाफा २६ प्रतिशतले बृद्धि, अन्य सूचक कस्तो ?

६ माघ २०७८, बिहीबार १३:३६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकको खुद नाफामा उत्कृष्ट सुधार आएको छ ।

गत आवको यसै अवधिसम्ममा २७ करोड ६० लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा यस अवधिमा २६.३१ प्रतिशतले बढाएर ३४ करोड ८६ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र संचालन मुनाफामा पनि उल्लेख्य बृद्धि भएको छ । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३० प्रतिशतले बृद्धि भएर ८२ करोड ३५ लाख ५६ हजार पुगेको छ भने संचालन मुनाफा २० प्रतिशतले बृद्धि भएर ६३ करोड २३ लाख २१ हजार पुगेको छ । संचालन मुनाफा र खुद ब्याज आम्दानी बढेसँगै कम्पनीको खुद नाफामा उल्लेख्य सुधार आएको हो ।

यस अवधिसम्ममा कम्पनीको चुक्तापूँजी १२ अर्ब रुपैयाँबाट बढेर २० अर्ब पुगेको छ । साथै यस अवधिमा कम्पनीको जगेडा कोषमा २ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ संचित रहेको छ । साथै कम्पनीको वार्षिकी प्रतिशेयर आम्दानी ४ रुपैयाँ ४३ पैसा रहेको छ ।

त्यस्तै, वार्षिकी प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ २२ पैसा रहेकोमा मूल्य आम्दानी अनुपात ८८रुपैयाँ ७६ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*