कर्पोरेट डेभलपमेण्ट बैंकको ३० लाख कित्ता हकप्रद शेयर भोलि देखि बिक्रिमा

६ माघ २०७८, बिहीबार १२:४८

काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंकले भोलि देखि (माघ ७ गते) हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले १ः१.५ अनुपातमा १ सय रुपैयाँ अंकित दरको ३० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने लागेको हो ।

कम्पनीले हकप्रद निष्कासनका लागि पुस २५ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुस २५ गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । यस हकप्रद शेयरमा आवेदकले माघ २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*