ग्लोबल आइएमई लघुवित्तको खुद नाफा साढे १४ करोड माथि, इपिएस कति ?

६ माघ २०७८, बिहीबार १२:४९

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार कम्पनीले यस अवधिमा खुद नाफामा उल्लेख्य प्रदर्शन गरेको छ ।

कम्पनीले यस अवधिमा १४ करोड ७८ लाख ९४ हजार खुद नाफा आर्जन गरेको छ । जुन गत आवको यसै अवधिसम्मको तुलनामा १८.१९ प्रतिशतले बढी हो । गत आवको यसै अवधिमा कम्पनीले १२ करोड ९ लाख ८० हजार खुद नाफा आर्जन गरेको थियो ।

साथै कम्पनीले समिक्षा अवधिमा खुद ब्याज आम्दानी र संचालन मुनाफामा पनि उल्लेख्य बृद्धि गरेको छ । गत आवमा १९ करोड ४७ लाख ३६ हजार खुद ब्याज आम्दानी गरेको कम्पनीले यस अवधिमा ३० करोड ३७ लाख ७६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । साथै संचालन मुनाफा पनि ११.५९ प्रतिशतले बृद्धि भई १५करोड ७ लाख ९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आवमा यस्तो मुनाफा १३ करोड ३२ लाख ३१ हजार रहेको थियो । कम्पनीले खुद ब्याज आम्दानी र संचालन मुनाफामा उल्लेख्य सुधार गरेसँगै खुद नाफा बढ्न पुगेको हो ।

त्यस्तै, कम्पनीले यस अवधिमा ३३ करोड रहेको चुक्तापूँजी बृद्धि गरि यस अवधिमा ५५करोड पुर्याएको छ । साथै यस अवधिमा ३६करोड ५४ लाख ४४ हजार रुपैयाँ जगेडा कोषमा संचित रहेको छ । गत आबमा ३३ करोड ८ लाख रुपैयाँ मात्र संचित रहेको थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीको वार्षिकी प्रतिशेयर आम्दानी ५३ रुपैयाँ ५३ पैसा रहेको छ । साथै प्रतिशतेयर नेटवर्थ १६६ रुपैयाँ १३ पैसा कायम रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ३४.४७ गुणा रहेको छ भने तरलता अनुपात ७.८८ प्रतिशत रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*