सुन तोलामा १ हजार रुपैयाँले वृद्धि, कतिमा हुदैछ कारोबार ?

६ माघ २०७८, बिहीबार ११:५७

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । लगातार ३ दिन यता १ सय रुपैयाँले वृद्धि भइरहेको सुन आज भने तोलामा १ हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, बुधबार तोलामा १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज भने तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*