नबिल बैंकका संचालक समितिका अध्यक्षको सपथ ग्रहण

६ माघ २०७८, बिहीबार ११:३२

नबिल बैंक लिमिटेडको संचालक समितिको पुस ३० गते बसेको बैठकबाट सर्वसम्मत रुपमा बैंक संचालक समितिको अध्यक्षमा पुनः चयन भएका उपेन्द्र प्रसाद पौडेलज्यूले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट आज मिति २०७८ माघ ५ गतेका दिन पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा आज आयोजित शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्धय नीलम ढुङ्गाना तिम्सिना, बम बहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट तथा नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी साह लगायत नेपाल राष्ट्र बैंकका उच्च पदस्थ अधिकारीहरुको उपस्थिती रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*